Sunday, 22 May 2016

===============
छापियो देस बिदेशको खबर, अखबारमा थियो!
झिल्के भिड थाम्नै नसक्ने, बिच बजारमा थियो!!
मुख्य पृष्ठभुमीको साराश, नियाल्दै थ्यो आँखाले!
घर को टिभिमा जे थियो ,त्यही समाचारमा थियो!!
नब आगन्तुक लाई हसाउने तरिका उत्तम लाग्यो!
अरुलाइ नपच्ला आफ्नो ठाँउमा तर हतारमा थियो!!
नयन टोलाउथे आँखा रसाउन केही बेर लाग्थेन!
परिबर्तनसिल समय भनौ फरक धारमा थियो!!
भगेरोले चील लाई झम्टने प्रयास जारी नै छ !
हेपाहा प्रबृत्ति हिंसक भावना व्यबहारमा थियो!!
आफ्नै आँखाले जो देखियो बिश्वास गरिन्न यहा!
त्यो बिश्वास वोकल्न सक्ने खुबी अनुहारमा थियो!!
त्यो क्षण त्यो पल कबोल रहेन अब,
नजिक बाट टाढा सगोल रहेन अब
औलाएर छाड्यौ थोरै बिकाउनु थियो
पोखिएरै झर्ने आशुको मोल रहेन अब,
*********
बाटोले अर्कै मोड, लिएपछी भन्छु!
हदभन्दा हदै जोड, दिएपछि भन्छु!!
बोलीमा त रमरम ,हुनैपर्छ भन्छन् !
लागोस न झमझम, पिएपछी भन्छु !!
**********
**********
ताराहरु साथ लागे ,जुन सङ सरण!
जमिन बाटै मिल्यो ,कुरा पैलो चरण !!
मन्दिरको बरहत ,बिहेपछी भन्छु!
धेर गर्नुछ कसरत ,जिएपछी भन्छु !!
***********
***********
***********
थियो एक ताका ,सरद उन्को पाउ!
उषाको नाडीमा ,बसन्तको घाउ!!
उद्रेको मन थोरै ,सिएपछी भन्छु !
आक्रोश र वेदना ,खिएपछी भन्छु!!
**********
**********
**********
**********
©©अन्योल


मैले यो ब्लग आज बाट सुरूवात गर्दै छु आफ्नै मौलिक श्रष्टा र सिर्जना माथी निर्भर रहने छ परदेशी जीवन कार्य व्यस्तता का बाबजुत अलिकति समय निकालेर हामी हामी अगाडि बढ्ने छौ जय नेपाल .........