चिहाएर उसैलाइ हेर्थ्यो चराले धेरै भो!
हेरेको जसलाइ टुलुटुलु सुगाले धेरै भो!!
फोनको घण्टी सङै बाडुल्की पठाएर!
मेरै नियास्रो लिन्छिन आमाले धेरै भो!!
पात्र चित्तबुझ्दो पाएपछि रजतपटमा!
मेहफिल जमाउने गर्थो कथाले धेरै भो!!
पाठ सिकायौ मायालु ज्युन सिकायौ!
मेरै परिक्षा लिन्छौ प्रियाले धेरै भो!!
चिट्ठी हातमा परेपछि भन्ने गर्छिन उनिले!
च्याटमा माया मार्यौ त काले धेरै भो!!
हकार्दा पनि केही सीप नलागेपछि!
छोरा सम्झाउनै छोडनुभो बाले धेरै भो!!
बोनस शेर 😀😀
आउछन जान्छन हावा बेग्लै एकनास ले!
बाटो नै भरिएकाछन सिसाले धेरै भो!!
©Anyol
No comments:
Post a Comment