Monday, 13 June 2016

#फजल

बजार धारा मुल बाटो पधेराले, सोध्छ्न अझै पनि !
कसो कसोऽ दिलमै  बसेकाले, खोज्छ्न अझै पनि!!

बानी सुधार्नु छ, लागेको बच्चा देखि, तर मौन छु!
भित्री आत्माको मर्म ,परेलाले बोल्छ्न अझै पनि!!

यस्तो लाग्छ ,कुनैदिन सुक्ने छन, ति आखाका मुहान!
एक अञ्जुली आँसु, बाध्यताले, पोख्छन अझै पनि !!

आखाको भाब ,नियालौ त ती,हिम शृङ्खला हरुमा!
भञ्ज्याङ् नकाटी, चिसो सिरेटाले, छोप्छन अझै पनि !!

#अन्योल@@

No comments:

Post a Comment