Wednesday, 15 June 2016

गजल

पिडाको आगो, जल्न सुरु भयो!
नकोरी सलाइ बल्न ,सुरु भयो!!

हिजोबाट हात, अर्कैले समात्यो!
उसैको शासन चल्न सुरु भयो!!

हावाहुरी नामको, निसानी छैन!
बिश्वासको आड, ढल्न सुरु भयो!!

रोकिन्छ होला ,एक मुट्ठी सास!
हात गोडा पाउ, गल्न सुरु भयो!!

No comments:

Post a Comment