बसी बियाँलो फुर्सद को समय को सदुपयोग कथा, कविता,गीति गजल ,गजल , तान्का , हाइकु बिचार सस्मरण ,प्रसिद्द लेखकका लेख, महावाणि जिबन उपयोगी सिप, भरि सके सबै लाइ समेट्ने कोसिस गरिएको छ ,,,,,,,
Thursday, 29 December 2016
Monday, 27 June 2016
फजल
मेरा पनि गुज्रिएका, पलहरु छ्न !
कल्पनामा डराउने ,जङ्गलहरु छन!!
निरोगीका पाखुरा, हेर लोभ लाग्दा!
सारिरिक तन्दुरुस्त ,मसलहरु छन!!
मित्रताको निम्तो, अहोभाग्य मेरालागि
मेचीदेखि कालिसम्म, सबलहरु छ्न!!
पाखुरामा जति, कलम मा दम छ!
लेख्नेमा इतिहास, सफलहरु छ्न!!
नजानी नजानी ,कहिले काहीँ लेख्छु!
काहीँ कतै मन भित्र, गजलहरु छन!!
Monday, 20 June 2016
##लक्ष्मी प्रसाद लुइँटेल
🌹🌹🌹गजल 🌹🌹🌹🌹
अनयासै दिल टुटाएर ,जानू हुदैन
पागल भन्लान् लुटाएर , जानू हुदैन
जिउनलाई धेरै गाह्रो पर्छ यहाँ
मायाँ गर्ने दिल फुटाएर , जानू हुदैन
एसरी मलाइ यहाँ एक्लै पारी
मन मुटु सबै छुटाएर ,जानू हुदैन
भन्ने गर्थेउ फुटेको दिल सिलाउनु पर्छ
हो कसैको दिल दुखाएर ,जानू हुदैन
मायाँ गरेको मान्छे प्यारो लाग्छ भन्छन
मायाँ गर्ने दिल लुकाएर ,जानू हुदैन
लक्ष्मी प्रसाद लुइँटेल
लेखर्क ४पान्धारे भोजपुर
हाल मलेसिया
Wednesday, 15 June 2016
दिपेन्द्र 'अश्रुमाली
गजल
परिश्रमको कमाई खान लजाउदैन खोटाङ्गे मन ।
ढाकारमा भारी बोक्न धकाउदैन खोटाङ्गे मन ।
उदयपुर सोलुखुम्बु भोजपुरलाई सोधी हेर्नू ।
झुटो आसमा कसैलाई फसाउदैन खोटाङ्गे मन ।
खन्छ आफ्नै पाखो वारि उब्जाउछ अन्न बाली ।
सित्तै पाउने जदौंरिमा रमाउदैन खोटाङ्गे मन ।
जिन्दगिमा जिउदै जादा चोटै चोट भए पनि ।
दुनियाँको सामू आँसु बगाउदैन खोटाङ्गे मन।
मीठो बोल्छ दिल खोल्छ सबैलाई आफ्नै भन्छ ।
मन भित्र पसे पछि हराउदैन खोटाङ्गे मन ।
दिपेन्द्र'अश्रुमाली'
कथा तम्सुक
शारदा पौडेल
यसपाली घर गएको न गई भयो , गएँ तर के गरेँ के गरिन थाहै भएन । हेर कान्छा जे गरेँ मैले गरेँ तैले यस्तो कहिल्यै नगरेस है भनेर मेरो दाइले भन्दैहुनुहुन्थ्यो ।
किन के भयो र ? हो यसपाला बिदामा आउँदा हजुर त्यति खुशी पनि त हुनुहुँदैनथ्यो नि ? कस्तो आत्मग्लानी भए झै गर्नु भएको थियो ।बेला बेलामा झस्याङग झस्याङग हुनुहुन्थ्यो किन हो दाइ ----- मैले सोधेँ ।
के भन्नू के नभन्नु कान्छा , भनौँ भने यो दुनियाँ संसारले मलाई नै पागल बनाउनेछ नभनौँ भने खालि त्यही मात्रै याद आउँछ , रुन मन लाग्छ । यदि केही भयो भने मेरा बचराहरुको हालत के होला भन्त ? केही गर्न सक्छु कि भनेर घरै छोडेर हिँडेको अर्थ के हुन्छ र , हैन त ? रातदिन रोएर , पसिना बगाएर दुःख गरेको छु । ल भन् त मेरो दुःखको के नतिजा निस्केला ? मान्छे थरि थरिका छन् कान्छा यस संसारमा , सबै सोचे जस्ता र विश्वास गरे जस्ता नहुन सक्छन् त्यसैले म यति बेला भारी पीरमा छु । कस्लाई भनुँ मैले यो सब कुरा ? भनौँ तँलाई तैँले पनि पागल बनाउँछस् मलाई ।
कहिल्यै यसरी न आत्तिने दाइ किन यसरी आत्तिनु भएको होला भनेर धेरै बेर सोचेँ तर कतै कुनै कारण पनि देखिन मैले । जे होस् वहाँलाई भित्रि चोट परेको छ अनुमान लगाएँ र बुझ्न चाहँदा पनि अाफ्नै मात्रै व्यथा भन्नुहुन्छ तर भित्री आशय के हो त आत्तिनु पर्ने ? किन लुकाउनु भएको छ ? मैले भनेँदेखि तैंले पनि पागल भन्छस् , भन्नुको अाशय के हो ? किन त्यो आशय भन्न चाहनुहुन्न किन ? मैले मसँगै धेरै प्रश्न गरेँ । दाइ आफ्नै सोचाइमा हुनुहुन्थ्यो भने म कारण के होला ? भनेर मन मनै खोतलिरहेको थिएँ । एकछिन सुनसान भयो दुवै आ- अाफ्ना तर्कनामा डुब्न थालेछौँ ।
निकैबेर पछि दाइले भन्नू भयो भोलि राजधानीतिर झर्नुछ कान्छा मसँगै जान्छस् र ? छ तेरो फुर्सद भने हिड्न त मसँगै , जान्छस् ? एक्लै हिड्दा केही भैहाल्यो भनेपनि दुईचार वाक्य भन्न पाउँदिन कि झै लाग्छ । यदि भन्न नपाईकन मलाई केही भयो भने मेरा बचराले मलाई कति सराप्लान् भन्त ? हाम्रो बाउ कमाउन गएको अाखिर हाम्लाई डुबाएर छाड्यो भन्दैनन् त ? तँ के भन्छस् यो कुरामा ? तँ भएपनि भन्ने त त्यही नै हो नि होइन त ?
हुन्छ नि त दाइ , म समय निकाल्छु र जाउँला । घर गएर सबै व्यवस्था मिलाउँछु र भोलि बिहान भेटौँला नि त है । बरु कति बजे जाने हो भन्नू त दाइ ?
अाइज न खाना खाएर दस बजेतिर गयौँ भने त चाँडै नै काम सकेर फर्कौँला नि है । खास धेरै बेर भुल्ने काम त छैन फेरि जानू पनि पर्ने नै छ ।
हुन्छ हुन्छ म दस बजे भेटौँला नि त दाइ भनेर म त्यहाँबाट हिँडेँ । तर बाटाभरि दाईले के गर्नुभएछ त त्यस्तो निकै पीर मान्नुभएको छ भन्ने सोचेँ । जस्तोसुकै दु: ख कष्टमा पनि हरेस नखाने दाइको एकाएक व्यवहारमा किन अायो परिवर्तन ? के हो यो परिवर्तनको कारक ? फेरि झस्कने र खालि बच्चाले के भन्लान् र उनीहरुलाई डुबाएँ भन्ने किन ? के भयो कि कतै......
होइन होइन यस्तो हुनै सक्दैन । धत! सोच्दा सोच्दै मैले के सोच्न पुगेँ । थुक्क म , षो मन पनि कति पापी हो । जे होस् दाईलाई ठूलो चिन्ता छ र त्यस्ले मनमनै ठूलो चोट पुर्याएको छ । जस्ले मनलाई सन्तोष दिएको नै छैन । भोलि भाउजुलाई सोध्नपर्छ कि क्या हो के भएको दाइलाई भनेर ?
हुन्न हुन्न झन् भाउजुलाई पीर पर्ला , सोध्दिन ।
भोलि राजधानी जाँदा बाटोमा सोध्छु - भन्नुहुन्छ कि । हेरौँ के गर्नुहुन्छ ? जे होस् दाइ तनावग्रस्त हुनुहुन्छ । म दाइ कै बारेमा सोच्दै घर आइपुगेँ । बुढीलाई थाहा थियो कि ! सोधौँ , सोधौँ लाग्यो तर यसलाई के थाहा भनेर सोधिन । खाना खाएँ र सुतेँ ।
भोलिपल्ट बिहानै उठेँ । घरायसी काममा सघाएँ । दस बजेतिर खाना खाएर राजधानीतिर जाने काम छ है भनेर घरबाट हिँडे । दाईको घर जाँदा दाइ ठिक परेर बस्नु भएको रहेछ । म जाने बित्तिकै त्यहाँबाट हिडौँ ।
राजधानीबाट नजिकैको गाउँ भएपनि यातायातको सुबिधा राम्रो नभएकोले धेरै नै बेर कुरेर बस्यौँ हामी । करिब अाधा घण्टापछि बस त आयो तर भरिएको थियो । बस रोक्नका लागि हात उठायौँ ,रोक्यो तर धेरै भिड हुनाले बल्लतल्ल चढ्यौँ । बस्ने ठाउँ छँदै थिएन त्यसैले बसभित्र राखिएका डण्डी समाएर धानिन बाध्य भयौँ । बाटो अप्ठ्यारो थियो । घरिघरि बस् लड्यो क्यारे भने झैँ गरेर कोल्टिन्थ्यो त्यतिबेला दाइको अनुहार हेर्न लायक नै हुँदैनथ्यो, अती नै आत्तिनु हुन्थ्यो । नआत्तिनु न दाइ केही हुँदैन भन्थेँ तर भयो भने त बर्बाद हुन्छ नि कान्छा भनेर न्याउरो अनुहार लगाउनुहुन्थ्यो ।
बल्लतल्ल राजधानी पुगियो । मेरो त खासै काम थिएन । दाइको काम पनि धेरै नभएकोले छिट्टै फर्किने भयौँ । अब जाँदा त बसको सिटमा बसेर जाने हो कान्छा भनेर टिकट काउन्टरमा गएर टिकट काट्नु भयो । टिकट लियौँ र बस भएको ठाउँमा अायौँ । सिट जेहोस नदीको किनारतिर परेछ खुशी लाग्यो । किन कि म एक्लै यात्रा गर्दा नदितिर नै सिट पारेर त्यही पानीको बहाबसँगै रमाउन चाहन्थेँ ।
मैले पनि दाइलाई झ्यालतिरको सिट मनपर्ला भन्ठानेँ र बस्न भनेँ । दाइ छेउतिरै बस्नुभयो । केहीबेर पछि बस हिड्यो । एकातिर हरियाली जङ्गल र अर्कोतिर नदी बगेको दृस्य देख्न पाइन्थ्यो बसबाट । ठाउँ ठाउँमा ठूला ठूला घुम्ती हुनाले बस नराम्रोसँग कोल्टिन्थ्यो । यस्तो बेलामा दाइको अनुहार सोरिएर अाउँथ्यो । एकपटक त नदीतिरै नराम्रोसँग कोल्टियो । दाइले चिच्याउँदै भन्नू भयो --- कान्छा के जाने नै हौँ त हामी ? यदी गयौँ भने मेरा बचराले ......
अब मैले कारण के हो ? नसोधीकन भएन सोचेँ र भने दाइ हजुरलाई केही हुँदैन । किन यसरी डराउँनु भएको छ भन्नुहोस् त ? अाखिर् के कुरा हो त्यो ? जस्ले हजुरलाई भित्रभित्रै यसरी खाइरहेको छ ----भन्नुहोस् दाइ । मैले हात जोडेर बिन्ती गरेँ ।
तँलाई नभनेर कसलाई भन्छु त नि कान्छा । तैँसित भन्छु भनेर त तँलाई यहाँसम्म ल्याएको छु । घर भाउजुलाई भनुँ मार्छे । बचराहरुलाई भनुँ सम्भव नै छैन । विचरा ! तिनीहरुलाई त्यो भनेको के थाहा ? ल भन्न त मैले अरु कस्लाई भन्ने ? भाइ भनेपनि साथी भनेपनि तैँ त होस् नि मेरो , अरु को छ र ? भन्त ।
कान्छा अहिले त के भएको छ र , म बिदामा अाउँदा ठूलो जहाज चढेर अाएँ , तँलाई थाहै छ । त्यो जहाज बादलभित्र हराउँदा पनि मेरो हंसले ठाउँ नै छाड्थ्यो । समुन्द्रमाथि उडेपनि ए भगवान यहाँ खस्यो भने के हुन्छ भन्ने हुन्थ्यो ? जब जहाज नेपाल प्रवेश गर्यो भन्ने थाहा पाएसी केही ढुक्क त भएको थियो । तर जहाज ओर्लने बेलामा घुम्दा पहाड र हिमाली खोचमा ठोकिएर केही हुने हो कि भनेर ठूलो चिन्ता पर्थ्यो कान्छा । जहाजबाट अोर्लने बित्तिकै भाउजुलाई र तँलाई सबै कुरा भन्छु । यदि म केही भएँ भने मेरा बचरालाई त्यो मारबाट बचून् सोचेँ । तर अझै भन्न सकिराखेको छैन ।
यदि मैले तँसँग भनेदेखि के भन्ठान्छस् तैँले भन्त ? दाइ तँ पागल होस् । किन सबै मान्छेलाई आफू जस्तै ठान्छस् ? मान्छे सियो बनेर पस्छ र हात्ती बनेर निस्कन्छ भन्ने कुरा किन बुझ्दैनस् ? मान्छे जब कंगाल हुन्छ तब चण्डाल हुन्छ किन जान्दैनस् ? जोसुकैका छोराछोरीको विहे गर्न होस् वा अरुकाममा होस् , तँ नै अघि बढेर किन दया देखाउँछस् ? किन भन्त दाइ किन -- भनेर गाली गर्छस् हो , होइन त ??
गाँठी कुरा के हो त नि दाइ --- मैले सोधेँ । हजुरले यी सब कुरा भन्नुहुन्छ तर वास्तविक गाँठी कुरा नै किन भन्न चाहनुहुन्न ? खै अहिलेसम्म भन्नुभएको छ त ? त्यो कुरा के हो ? भन्नू न -- अनि मात्रै यसो गरौँला दाइ भन्छु नि म । हजुरले भन्नु भएको छ त ? खै कुरा के हो त्यो हजुर भित्रभित्रै जल्नु पर्ने के हो ? भन्नू न दाइ बिन्ती छ । अब त मलाई नै पीर पर्न थाल्यो । दिनमा त यसरी डराउने हजुर रातमा कति डराउनुहुन्छ होला , कल्पनासमेत गर्न सक्दिन म । भन्नुहोस् दाइ बिन्ती (हात जोडेर पाउ पर्दै ) --- भन्छु मैले ।
कान्छा मान्छेले धन सम्पत्ति भनेपछि आफ्नो मानवता किन बिर्सन्छ भन्त ? मैले कसैको सम्पत्ति ठगेँ भने के मलाई जिन्दगी भर पुग्छ त ? मैले त्यो ठगेको सम्पत्तिले छोराको जीवन र छोरीको सिउँदो रंग्याएँ भने पनि मेरो मन रंगिन्छ त ? ती रंगाएका चिजले मलाई हेरेर जिन्दगी भर गिज्याउँदैनन् त ? जब तिनीहरु मेरो सामु अाउँछन् खिसिक्क हाँसेर बा --- नमस्कार भनेर शिर झुकाउँदा म बाँचेको सार होला त ? भन्त तँ त्यस्तो गर्न सक्छस् -- तैंले ?
अझै कुरो खुलेको थिएन , घरिघरि ठगसित पैसाको कारोबार गर्नुभएछ कि जस्तो मात्रै लाग्थ्यो तर कुरो यही हो भन्ने बुझ्नसकिरहेको अवस्था थिएन । त्यसैले कुरा जान्न चाहेँ र सोधेँ ----- हजुरले उता पैसाको कारोबार गर्नुभएको छ ? कि के हो ? भन्नू त ---- मैलेँ भनेँ ।
दाइ धेरैबेर मौन रहनु भयो , केही भन्न खोज्नुहुन्थ्यो तर सक्नुभएको थिएन । त्यसैले भनेँ दाइ , हामी दुईवटा दाजुभाइ हौँ । हाम्रो पैतृक सम्पत्ति जे जति थियो भाग लगाइयो । आ- आफ्नो भाग लियौँ । त्यही भागमा हामी सन्तुष्ट छौँ । आफुले सकेको गरेका छौँ रमाएका छौँ तर मैले हजुरलाई ठगेर अलिकति बढी खाएको भए के मलाई सन्तोष मिल्थ्यो र ?? पक्कै मिल्दैनथ्यो दाइ । नत हजुरलाई नत मलाई मर्ने बेलासम्म पछुतो शिवाय केही हुँदैनथ्यो । हो कि होइन भन्नू त ---- मैले भनेँ ।
हो , यही कुरो किन बुझ्दैन मान्छेले कान्छा , किन ?? हेर अब त म जाने बित्तिकै च्यात्न लगाउँछु । विश्वास गरेर काम गर्दा आफ्नो पुरानो प्रवृत्ति देखाउन खोज्छ भने त्यस्तालाई के गर्न सकिन्छ र भन्त ? जेहोस् अब म जाने बित्तिकै साहुलाई भनेर मेरो नाम हटाउन लगाउँछु । जस्ले गर्दा मेरा बचरालाई केही नहोस , होइन त कान्छा ?
नत मैले सबै लिएको , मेरो समस्या बुझ्दे दाइ , कस्तो पीडामा छु भनेर हात जोडेर रोयो , साक्षी बसेँ । तर अब त जाने बित्तिकै भन्छु र हटाउन लाउँछु । या सबैलाई यथार्थ भन्छु --- हुन्न त कान्छा ?
हुन्छ हुन्छ
बरु केमा हो दाइ नाम हटाउने ? भन्नू त केमा ?
दाइले बिस्तारै भन्नुभयो ---अर्काको नामको तम्सुकमा ......
किन दाइ अर्काको नाममा तम्सुक गर्नु भएको ? तम्सुक भन्ने कुरा अर्काको नाममा गर्दा के हुन्छ किन सोच्नु भएन हजुरले ? सम्पत्तिको लागि मान्छे कतिसम्म गिरेका छन् हजुरले थाहा पाउनु भएको छैन ? अाफ्नै भाइ भाइको मारामार हुन्छ सम्पत्तिको लागि भने हजुरले अर्कालाइ पैसा चाहियो भनेर आफ्नो नाममा तम्सुक बनाउने ? अब जानुहोस् र खुरुक्क आफ्नो नाम हटाउन लगाउनुहोस् ।
एउटा कुरा बुझ्नुहोस् दाइ देश होस् वा विदेश , जहाँ भएपनि अाफ्नो परिश्रमको जतन गर्न जान्नुहोस् । कुनैले समस्या देखाउँदैमा विश्वास गरेर ल्याप्चे लगाउने काम किमार्थ नगर्नुहोस् , चाहे म नै हुँ चाहे अर्को बुझ्नुभयो ।
बुझेँ कान्छा अब यस्तो काम किमार्थ गर्ने छैन । देखिनस् अहिलेको मेरो छुट्टीको समय कसरी बिताएँ.......
सारदा पौडेल
एलिसा पौडेल
कविता
"म्याराथन जिन्दगी"
जिन्दगी म्याराथनमा
दौँडदा दौँडदैँ
तिमी थाकेर
थकाइ मार्न थचक्क बस्दा
म
एक आम्खोरा पानी लिएर
तिम्रो अगाडि उभिनेछु
हातमा
कागजको पङ्खा लिएर
हम्किनेछु म
तिम्रा आँतलाई शितल पार्न
भलै
तिमीले मलाई
जिउँदै जलाएका थियौ
अतितको कुनै क्षणमा
तिम्रा
बाघ समाउनसक्ने वलिष्ठ जिऊ
गलेर फतक्क हुँदा
तिम्रा दरिला खुट्टाले
तिमीलाई नै सहारा नदिँदा
कसरी दौडिन सक्छौ तिमी
त्यसबेला
जिन्दगीको म्याराथन
लौरो टेकेर??
कास:
यो कुरा तिमीले पहिल्यै बुझ्थ्यौ भने?
तिमी धावक
दौडिरह्यौ जिन्दगीको दौड
अथक
अपराजित दौड
तर भुल्यौ
तिमीभन्दा ठूलो धावक
यो समय हो
जो आफू स्वयम् दौडन्छ
जसले तिमीलाई दौडाउँछ
मलाई दौँडाउँछ
हामी सबैलाई दौडाउँछ
प्रिय प्रियतम
यही समय आयोजक बनेर
जिन्दगीको कालान्तरमा
फेरी
तिमीलाई दौडाउनेछ एउटा दौड
तिमी दौडिनेछौ
जहाँ म।भेटिनेछु पुन:
तिम्रो सहायता हेतु
एलिसा पौडेल
नुवाकोट
हाल: काठमाडौं
Tuesday, 14 June 2016
Monday, 13 June 2016
#फजल
बजार धारा मुल बाटो पधेराले, सोध्छ्न अझै पनि !
कसो कसोऽ दिलमै बसेकाले, खोज्छ्न अझै पनि!!
बानी सुधार्नु छ, लागेको बच्चा देखि, तर मौन छु!
भित्री आत्माको मर्म ,परेलाले बोल्छ्न अझै पनि!!
यस्तो लाग्छ ,कुनैदिन सुक्ने छन, ति आखाका मुहान!
एक अञ्जुली आँसु, बाध्यताले, पोख्छन अझै पनि !!
आखाको भाब ,नियालौ त ती,हिम शृङ्खला हरुमा!
भञ्ज्याङ् नकाटी, चिसो सिरेटाले, छोप्छन अझै पनि !!
#अन्योल@@
Sunday, 12 June 2016
Sunday, 22 May 2016
झिल्के भिड थाम्नै नसक्ने, बिच बजारमा थियो!!
घर को टिभिमा जे थियो ,त्यही समाचारमा थियो!!
अरुलाइ नपच्ला आफ्नो ठाँउमा तर हतारमा थियो!!
परिबर्तनसिल समय भनौ फरक धारमा थियो!!
हेपाहा प्रबृत्ति हिंसक भावना व्यबहारमा थियो!!
त्यो बिश्वास वोकल्न सक्ने खुबी अनुहारमा थियो!!
हदभन्दा हदै जोड, दिएपछि भन्छु!!
बोलीमा त रमरम ,हुनैपर्छ भन्छन् !
लागोस न झमझम, पिएपछी भन्छु !!
**********
जमिन बाटै मिल्यो ,कुरा पैलो चरण !!
मन्दिरको बरहत ,बिहेपछी भन्छु!
धेर गर्नुछ कसरत ,जिएपछी भन्छु !!
***********
***********
थियो एक ताका ,सरद उन्को पाउ!
उषाको नाडीमा ,बसन्तको घाउ!!
उद्रेको मन थोरै ,सिएपछी भन्छु !
आक्रोश र वेदना ,खिएपछी भन्छु!!